You are viewing the translated version of क्यासिनो रोयल्टी.

Section 16
क्यासिनो रोयल्टी
(१) नेपालमा रहेका क्यासिनो सञ्चालन गर्न इजाजतपत्र प्राप्त व्यक्ति वा संस्थाले क्यासिनो सञ्चालन गरे बापत वार्षिक पाँच करोड रुपैयाँ, र आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने: खेलको लागि वार्षिक एक करोड पचास लाख रुपैयाँ रोयल्टी तिर्नु पर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि एउटा इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेल सञ्चालन गर्न पाइनेछ ।
(३) उपदफा (१) बमोजिमको रोयल्टी रकम सम्बन्धित क्यासिनो सञ्चालन गर्न इजाजतपत्रप्रातत व्यक्ति वा संस्थाले पुस मसान्तभित्र चालीस प्रतिशत, चैत मसान्तभित्र सत्तरी प्रतिशत र बाँकी रकम असार मसान्तभित्र नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उडुयन मन्त्रालयमा दाखिल गर्नु पर्नेछ।
(४) उपदफा (३) बमोजिमको अवधिभित्र रोयल्टी रकम दाखिल नगर्ने व्यक्ति वा संस्थाबाट सो प्रत्येक अवधि नाघेको तीन महिनासम्मको लागि उक्त रोयल्टी रकमको पन्ध्र प्रतिशतका दरले थप शुल्क र सो अवधिपछि त्यस्तो बाँकी रोयल्टी रकममा तीस प्रतिशतका दरले वार्षिक थप शुल्क लगाई त्यस्तो रकम असुल गरिनेछ । (५) क्यासिनो रोयल्टीको नियमन र प्रशासन सम्बन्धी सम्पूर्ण कार्य नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट हुनेछ।